Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता


    सोमबार, फाल्गुन ५ २०८१
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रीलंकाली विदेशमन्त्री विजिता हेराथबीच भेटवार्ता भएको छ । आठौं हिन्द महासागर सम्मेलनका बेला राणा र हेराथबीच साइडलाइन वार्ता भएको हो ।

    ‘हामीले व्यापार विस्तार र जलवायु न्यायका लागि सहकार्यमा केन्द्रित नेपाल-श्रीलंका सम्बन्धको समीक्षा गर्यौं। मैले हाम्रा देशहरू बीच थप हवाई सम्पर्कको लागि पनि अनुरोध गरें, जसमा कोलम्बो-भैरहवा सिधा उडानहरू पनि समावेश छन्,’ श्रीलंकाली समकक्षी हेराथसँगको भेटवार्तापछि राणाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

    आइतबार राणा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो । सात दिने भ्रमणका क्रममा राणा ओमानको मस्कटमा छिन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार