महेन्द्रनगर : पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रकृतिको दोहनका कारण मानव जीवन नै संकटमा पर्न थालेकामा दुःख व्यक्त गरेका छन् ।
आज जनकपुरधाममा ‘म बनाउँछु नेपाल’ भन्ने बहस कार्यक्रममा उनले पहाडमा चलेको अनियन्त्रित डोजर तथा तराईको चुरे क्षेत्रमा भइरहेको अवैध उत्खननका कारणले मुलुकको अन्न तथा जलको भण्डार भएको तराई मधेसमा बर्सेनि पानीको संकट बढ्न थालेकोप्रति चिन्ता व्यक्त गरे ।
पूर्वराष्ट्रपति यादवले भने, “यस्तै अवस्था रहेको खण्डमा अबको केही दशकपछि नेपालमा थप पानीको अभाव हुनेछ, खाद्यान्नको संकट हुने खतरा छ ।” चुरेको अनियन्त्रित दोहन रोकेर चुरेलाई हराभरा बनाउनेतर्फ सबैको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।
पूर्व राष्ट्रपति यादवले पहाडमा चलेको अनियन्त्रित डोजर र तराईमा अवैध रूपमा बढेको क्रसर उद्योगका कारणले प्राकृतिक विनाश दिन प्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चालु आर्थिक वर्षमा सिँचाइका लागि दुई अर्ब १५ करोडको ‘टेन्डर’ गरिएको जानकारी दिए । मधेस प्रदेश सरकारले स्वास्थ्य तथा प्राकृतिक स्रोतको दोहनमा देखिएको अवैध क्रियाकलाप रोक्न उनले आग्रह गरे ।
मुख्यमन्त्री सिंहले डेढ अर्बको स्यालो ट्युबवेल जडानले थप ६० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने बताउँदै प्रदेश सरकारले सडक सुरक्षाका लागि प्रहरीसँग सहकार्य गरेका कारणले मधेस प्रदेशमा ५० प्रतिशतले सवारी दुर्घटनामा कमी आएको बताए ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राजनीतिक ठीक ठाउँमा नआएसम्म मुलुकको विकास तथा समृद्धिको यात्रा तय गर्न कठिन हुने बताए ।
चिकित्सक डा.ओम अनिल मूर्तिले मानव जीवनका लागि हावा, पानी, माटो, वायुको संरक्षण र सन्तुलन नभएको खण्डमा मानव जीवन नै संकटमा पर्ने भएकाले मानवले यी चार विषयमा प्रभाव पार्ने काम गर्न नहुने बताए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend