Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको ५७ लाख रूपैयाँसहित ३ जना पक्राउ


    सोमबार, फाल्गुन ५ २०८१
    810
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • धनुषा – जनकपुरधाममा स्रोत नखुलेको ५७ लाख रूपैयाँ भन्दा बढी रकमसहित तीन जना पक्राउ परेका छन ।

    जनकपुरधाम उपमहानगरपालिका–८ बाट स्रोत नखुलेको नगद ५७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, ३ थान मोबाइल र १ थान ल्यापटपसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका–९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराही बस्ने ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका–८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय जेनिस साह रहेको प्रहरीले जनाएको छ ।

    मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भुवनेश्वर र जामुनलाई नगद १० लाख रूपैयाँ, २ थान मोबाइल तथा जेनिसलाई ४७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, मोबाइल १ थान र ल्यापटप १ थानसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार