Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • अवैध सुनचाँदीसहित काठमाडौंबाट एक भारतीय पक्राउ


    सोमबार, फाल्गुन ५ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रहरीले अवैध सुनचाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका भारतीय नागरिक ३० वर्षीय मुकेश महादेव चाँगुलाई अवैध सुनचाँदीसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चाँगुलाई आइतबार ७६१।६६ ग्राम सुन, ३ किलो १ सय ग्राम चाँदी र ५ लाख १० हजार नगदसहित पक्राउ गरेको हो ।

    विदेशबाट आएका व्यक्तिहरुले भन्सार छलेर ल्याएका सुन किनेर उनले बेच्ने गरेको पाइएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार