Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजपनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


    सोमबार, फाल्गुन ५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – स्थानीय बजारमा आज( सोमबार) पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २ सय रुपैयाँले बढेको हो ।

    सोमबार बढेर छापवाल सुन प्रतितोला एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुन तोलामा एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार