Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • आजबाट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, नेपाल किर्गिस्तानसँग भिड्दै


    सोमबार, फाल्गुन ५ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं  । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजबाट काठमाडाैंमा सुरू हुँदैछ ।

    एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजवाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

    आज हुने दुइवटा खेल मध्ये पहिलो खेलमा म्यान्मार र लेबनानले प्रतिस्पर्धा गर्नेछन भने जुन खेल अपरान्ह १ः३० बजेबाट सुरू हुनेछ । आजै हुने दोस्रो खेलमा नेपालले किर्गिस्तानसँग भिड्नेछ, जुन खेल साँझ ५ः३० बजेबाट सुरू हुनेछ ।

    फिफा वरीयतामा किर्तिस्तान नेपालभन्दा तल छ । हाल किर्गिस्तानको फिफा वरीयता १२८ औं स्थान छ । किर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८–२ को फराकिलो जित दर्ता गरेको थियो ।

    खेल अघि हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बादेले भने यो खेलको उपाधिको खडेरी तोड्नका यो प्रतियोगिता राम्रो अवसर भएको बताएकी थिइन । ‘तयारी राम्रो भएको छ । टोलीको तालमेल मिलिरहेको छ । कम गल्ती गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं । कोचको योजनाअनुसार प्रदर्शन गर्न सके उपाधि जित्न गाह्रो पनि छैन्,’ उनले भनिन् ।

    साथै,  नेपालले फागुन ८ मा लेबनान र फागुन ११ मा भने म्यानमारसँग प्रतिस्पर्धामा  उत्रनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार