रौतहट – सिके राउत नेतृत्वको जनमत पार्टी रौतहटका ईन्चार्ज शेख जमशैदलगायतका नेताहरुले सामाजिक सञ्जालमा हतियार प्रदर्शनको विषय चर्चाको विषय बने पछी उनीहरूको लागी भारी बन्दै गएको छ। बन्दुक प्रदर्शन बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष पूर्वमन्त्री अब्दुल खानसहित केही नेता र जिल्ला इञ्चार्ज जमसेदले शनिवार गरेको हतियार प्रदर्शन बारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले सामाजिक सञ्जालमा हतियारबारे चर्चा बढे लगतै छानबिन प्रक्रिया सुरु गरेको बताएका छन्। जनमतका अध्यक्ष शेख जमसैदको घरमा प्रदर्शन गरिएको दुइटै बन्दुक र बोक्ने मानिसबारे जाँचबुझ सुरू गरिएको छ ।
छानविनको क्रममा हतियार सरकारबाट ईजाजत प्राप्त रहेको तथा हतियार बोकेका दुवैजना मानिस उनकै पार्टीको पदाधिकारी रहेको प्रवक्ता रायले जानकारी दिएका छन्। ‘तत्कालका लागि हतियार र मानिसलाई जिल्ला अध्यक्ष जमशैदको जिम्मा लगाएर पठाएको छु, अब उपरान्त प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको निर्देशनअनुसार हुने जानकारी दिएका छौं’ उनले भने ।
उता प्रजिअ रेग्मीले प्रहरीले सुरु गरेको अनुसन्धान पूरा भएपछी उचित सुझाव दिने बताएका छन्। उपाध्यक्ष अब्दुल खान गौर नगरपालिका सबगढा गाउँ स्थित जमसेदको घरमा शनिबार भेटघाट गर्न पुगेका थिए । सोही क्रममा दुई जना मानिसले ठूलो बन्दुक बोकेको र खान संगै जमशैद सोफामा बसेका थिए । उनकै घरको प्राङ्गणमा नेताहरु घुमि रहँदा दुवै जना मानिस हतियार बोकेर संग संगै हिँडेका थिए।
जनमत इञ्चार्ज जमसेदले उक्त भेटघाटको फोटो र भिडियो आफ्नै आइडी बाट सनिवार सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए। यसरी खुलेआम हतियार प्रदर्शन गरेको भनेर सामाजिक सञ्जालमा ब्यापक आलोचना सुरु भएपछि जमशैदले उक्त फोटो र भिडियो सामाजिक सञ्जालबाट हटाएका थिए ।
सर्वसाधारणले यसरी हतियार प्रदर्शन गर्दा कार्वाही हुने र सता पक्षका नेताले त्यहि गर्दा कार्वाही हुने की नहुने जान्नको लागी रौतहट बासी प्रक्तिक्षारत देखिएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend