Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शंखरापुर स्कुल बस दुर्घटना : थप एकजना घाइतेको मृत्यु


    आइतबार, फाल्गुन ४ २०८१
    890
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नगरकोट पिकनिक गएर फर्किँदै गरेको स्कुल बस दुर्घटना परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–६ घर भई हाल बौद्ध बस्ने १० वर्षीय सनसाइन तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

    उनको नेपाल मेडीसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । यसअघि दुई विद्यार्थीसहित एकजना शिक्षकको मृत्यु भएको थियो ।

    मोरङ उर्लाबारी नगरपालिका–७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोकका–१४ वर्षीया शुशांका डोटेल र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ का २४ वर्षीय सुरेश तामाङको मृत्यु भएको थियो ।

    माघ ३० गते बुधबार नगरकोट पिकनिक गएर फर्किँदै गरेको एसएस एकेडेमीको बा २ ख ७९५८ नम्बरको स्कुल बस शंकरापुर नगरपालिका–५ स्थित दुर्घटनामा परेको थियो । उक्त बसमा ४६ जना यात्रु थिए । जसमा ३२ जना उपचारपश्चात डिस्चार्ज भइसकेका छन् भने १० जना उपचारत रहेको एसपी बोहराले जानकारी दिए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार