Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंहदरवारमा सत्ता पक्षीय दलका प्रमुख सचेतकहरूको बैठक जारी


    आइतबार, फाल्गुन ४ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – सत्ता पक्षीय दलका प्रमुख सचेतकहरूको बैठक बसिरहेको छ । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरवारमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठक बसेको हो ।

    सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल हुने जनाइएको छ । बैठकमा काँग्रेसका मुख्य सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौला लगायत जसपा, जसपा नेपाल, जनमत, नाउपा र लोसपाका प्रमुख सचेतक सहभागी छन् ।

    यसअघि शनिबार सत्तारुढ दलहरूले भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेशलाई सदनमा अघि बढाउने निर्णय गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार