Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्दियामा चितुवाको आक्रमणबाट साढे २ वर्षीय बालकको मृत्यु


    आइतबार, फाल्गुन ४ २०८१
    960
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • दाङ – बर्दियामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । शनिबार बेलुकी ७ बजेतिर बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा चितुवाको आक्रमणबाट साढे २ वर्षीय रिहान चलाउनेको मृत्यु भएको प्रहरीले जनाएको हो ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्तिमगरका अनुसार घरको आँगनमा खेलिरहेका बालकलाई चितुवाले आक्रमण गरी बोकेर थियो । बालकका आमाले बच्चालाई नदेखेपछि हारगुहार गरेकी थिइन् । प्रहरीसहितको टोलीले खोजी गर्दा राति सवा ९ बजे घरबाट झन्डै ५ सय मिटर पर बालकको शव भेटिएको प्रहरीले जनाएको छ ।

    बालकका आमा रचना शनिबार मात्रै छोरालाई लिएर बर्दियास्थित सानीआमा जमुना कँडेलको घर गएकी थिइन् । रचनाको घर भने बाँकेको राप्तिसोनारी गाउँपालिका–५ हो । मृत भेटिएको बालकको घाँटी र टाउको पछाडिको भागमा चोट लागेको छ । घाउखतको विश्लेषण गर्दा चितुवाले आक्रमण गरेको भन्ने निष्कर्षमा प्रहरी पुगेको हो ।

    राति सवा ११ बजेपछि मुचुल्का तयार पारी बालकको शव पोष्टमर्टका लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको डिएसपी घर्तिमगरले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार