काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा बिकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सबन्धमा कानुनी ब्यवस्थाको आवाश्यक्ता सबन्धि प्रतिवेदन, २०८१’ समाभा प्रस्तुत गर्नेछिन् ।
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभावाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक, २०८० र ‘बैंकिङ कसुर तथा सजायँ (दोस्रो संसोधन) बिधेयक, २०८० का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गर्नेछन ।
शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री बिधा भट्टराइले ‘राष्ट्रिय बिधि बिज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) बिधेयक, २०८१ माथी बिचार गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्ताव गर्नेछिन् ।
साथै, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिबेदनसहित नवीकरणीय उर्जा तथा उर्जा दक्षता सबन्धी बिधेयक, २०८१ माथी छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षता सबन्धी बिधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend