Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आयोजकको चरम लापरवाहीले अर्थमन्त्री र मेयर जलनमा पर्नुभयोः डा. रविन्द्र पाण्डे


    शनिबार, फाल्गुन ३ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । पोखरा भ्रमण २०२५ कार्यक्रमको उद्घाटनको क्रममा शनिबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य जलनमा परेका छन् । आयोजकको चरम लापरबाहीका पोखरामा पौडेल र आचार्य जलनमा परेको डा. रविन्द्र पाण्डेको ठहर गरेका छन् ।

    सामाजिक संजालमा डा. पाण्डेले लेखेका छन्–आज पोखरामा आयोजकको चरम लापरवाहीको कारण माननीय अर्थमन्त्री विष्णु पौडेल तथा मेयर धनराज आचार्य जलनमा पर्नुभयो । हाइड्रोजन ग्यास सबैभन्दा हलुका र अति प्रज्वलनशील ग्यास हो । यस्तो प्रज्वलनशील ग्यास भरिएका ६० वटा बेलुनलाई झिरझिरे (स्पार्किङ) सँगै प्रयोग गर्दा खतरा हुन्छ भन्ने आयोजकले बुझ्नुपर्ने थियो । बेलुनमा सामान्य ग्याँस भरिएको भए पनि उड्ने थिए । हिलियम ग्याँस विकल्प थियो । तर हाइड्रोजन ग्यास भरिएका बेलुनको प्रयोग अत्यन्तै घातक हुन्छ ।

    खुला ठाउँमा कार्यक्रम भएको हुँदा जलन कम भयो । बन्द कोठामा यस्तो घटना भएको भए तथा बन्द कोठामा त्यो आगोले अन्य बस्तुसमेत जलाएको भए स्थिति अकल्पनीय हुनसक्थ्यो ।
    जले लगत्तै प्रशस्त पानीको प्रयोग गरेको भए जलनको असर कम हुन्थ्यो ।

    कीर्तिपुर अस्पतालका अनुसार उहाँहरुको जलन ५–६ प्रतिशतमात्र छ । नाकमुखबाट श्वासनलीमा आगोको असर पुगेको छ कि छैन भन्ने कुरा भोलिसम्म थाहा हुनेछ । उहाँहरु खतरामुक्त भए पनि अप्ठ्यारो हुने नै भयो । उहाँहरुको शीघ्रातिशीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु ।

    हामीकहाँ आगोबाट सुरक्षित हुने उपाय कमैमात्र गरिन्छ । होटेलको किचेनमा ग्याँस सिलिन्डर राखिएका हुन्छन् । हाम्रा होटेल तथा रेस्टुरेन्ट सुरक्षित छैनन् । यसको अनुगमन पनि हुँदैन । घरघरमा किचेनमा ग्याँस सिलिन्डर राखिन्छ । किचेनमा ग्यास सिलिन्डर राख्नु भनेको ‘बम’ राख्नु बराबर हो । ग्यास सिलिन्डरलाई किचेनको बाहिर छुट्टै राख्नुपर्दछ ।

    बर्थ डे वा अन्य सेलेब्रेसनमा मैनबत्ती, बेलुन, झिरझिरे, आगो टिप्ने कपडा एकै ठाउँमा राखिन्छ । हरेक व्यक्तिले आगोबाट बचावटबारे सतर्क र सुसूचित हुनुपर्दछ । घर, रेस्टुरेन्ट, गाडी आदिमा बिजुलीको तार सुरक्षित हुनुपर्दछ । यसका लागि पटकपटक जाँच गर्नुपर्दछ । सानो लापरबाहीले ठूलो क्षति गर्नसक्छ ।

    आगो प्राचीन समयदेखि मान्छेको समाधान र समस्या दुवै हो । शस्त्र, शास्त्र, अग्नि र जल प्रयोगकर्तामा निर्भर हुन्छ भनेर प्राचीन शास्त्रमा उल्लेख गरिएको छ । हामी सबै सचेत बनौं ! एक फिलिंगो आगो पूरै बस्ती ध्वस्त गर्न पर्याप्त हुन्छ भन्ने तथ्य नबिर्सौं !

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार