भक्तपुर । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ७१ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रे नमोबुद्ध नगरपालिका-४ घर भई बनेपा नगरपालिका-६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले दुबै जनालाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान थालेको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुन्डीराज न्यौपानेले बताए ।
अधिकारी र थापाले १४ जना व्यक्तिबाट उक्त बराबरको रकम ठगी गरेको आरोप छ । क्यानडा, अजरबैजान र मोरिसस लैजाने भन्दै दुबैले रकम संकलन गर्न थालेका थिए ।
तर, रोजगारीमा नपठाई लामो समयसम्म सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए। उजुरीपछि परिसरले अधिकारी र थापाको खोजी गरिरहेको थियो ।
न्यौपानेका अनुसार उनीहरूले अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको हुनसक्ने आशंका गरिएको छ। कोही ठगिएको भए परिसरमा उजुरी दिन आउन न्यौपानेले अनुरोध गरे ।
पक्राउ परेका दुबैलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend