Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिहे गरेको १० महिनामै श्रीमतीको हत्या, ५ वर्षदेखि फरार श्रीमान पक्राउ


    शुक्रबार, फाल्गुन २ २०८१
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – पाँच वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका-२ का सन्तोष साह रहेका छन्। साहलाई फरार प्रतिवादी खोजीको सिलसिलामा बिहीबार पक्राउ गरी अनुसन्धान थालिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।

    खतिवडाका अनुसार साहले श्रीमती गायत्रीकुमारीलाई २०७६ साल चैत ६ गते राति कुटपिट गरी शम्भुनाथ नगरपालिका-२ ट्राफिक चोकदेखि चार सय मिटर पूर्वमा फालेका थिए। भोलिपल्ट स्थानीयले फेला पारेर गायत्रीलाई युनिक अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो।

    त्यसयता सन्तोष फरार रहेका थिए। खतिवडाका अनुसार गायत्री र सन्तोषको बिहे २०७६ साल जेठ २६ गते भएको थियो। बिहेपछि दुबै जनाबीच पटक-पटक विवाद हुँदै आएको थियो। जिल्ला अदालत राजविराजले सन्तोषलाई कर्तव्य ज्यानमुद्दामा तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार