काठमाडौँ – नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको नयाँ कार्यसमिति निर्वाचनबाट चुन्ने प्रक्रिया अघि बढाइएको छ । सहमतिबाट कार्यसमिति चुन्ने कि निर्वाचनबाट भन्नेमा बहस भइरहेका बेला निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
आयोग अध्यक्ष बाबुराम थापाले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज राति ११ बजेपछि मतदान सुरु गर्ने योजना छ । संगठनको अध्यक्षमा रेवन्त गौतम र भवानी दाहालले दाबी गरेका छन् । गौतम समर्थक निर्वाचनबाट कार्यसमिति चयन गर्नुपर्ने पक्षमा र दाहाल समर्थक सहमतिमा कार्यसमिति घोषणा गर्नुपर्ने पक्षमा छन् । यसमा सहमति नजुट्दा संगठनको महाधिवेशन एक दिन लम्बिसकेको छ ।
निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन फागुन ३० गतेदेखि १ गतेसम्म गर्ने तालिका थियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा महाधिवेशन उद्घाटन गर्दै सहमतिमा नेतृत्व चयन गर्न भनेका थिए । तर अधिकांश प्रतिनिधिहरू निर्वाचनमा जानुपर्ने पक्षमा उभिएपछि सहमति जुट्न सकेन । त्यसैले महाधिवेशन लम्बिएकाले आजबाट बबरमहलको कार्की ब्यांक्वेटमा निर्वाचन कार्यक्रम सुरु गरिएको छ ।
निर्वाचन तालिका अनुसार उम्मेदवारहरूले दरखास्त दिने समय आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म तोकिएको छ । पहिलो नामावली प्रकाशन साँझ ६ बजेदेखि ७ बजेसम्म हुने छ । उम्मेदवारी फिर्ता लिने समय साँझ साढे ७ बजेदेखि १० बजेसम्म छ । ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । लगत्तै मतदान सुरु गर्ने योजना छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend