रौतहट – रौतहटको सदरमुकाम गौर पुरेनवास्थित वीर दल गण नेपाली सेनाको पहलमा जिल्लाको छुट्टाछुट्टै सात वटा पालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ३५ सय भन्दा बढी आँखाका बिरामी लाभान्वित भएका छन्।
शिविर सफलतापूर्वक भूमिका खेल्दै सहयोग गरेका ती पालिका प्रमुखहरूलाई नेपाली सेनाले सम्मान गरेको छ।
गणपति कर्णेल किशोर अधिकारीको सक्रियतामा नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा प्रतिष्ठान, तिलगंगा आँखा अस्पताल निजगढ र वीरदल गणको संयुक्त आयोजनामा सात पालिकामा सञ्चालन गरिएको हो। निःशुल्क शिविरमा कुल ३ हजार ५१० जना बिरामीको आँखा स्क्रिनिङ तथा जाँच गरिएको थियो।
कटहरिया, गरुडा, राजपुर, गुजरा, गढीमाई, पर्रोहा, र चन्द्रपुर नगरपालिकामा भएको जाँचमा मोतिबिन्दु भएका ५८१ बिरामीको गरुडा महमदपुरस्थित स्वास्थ्य केन्द्रमा केही दिनअघि शिविर सञ्चालन गरी निःशुल्क अप्रेसन गरिएको कर्णेल अधिकारीले जानकारी दिएका छन्।
निःशुल्क शिविर सम्पन्न गराउन सहयोगीहरु गरुडाका मेयर कन्थमणि जैसवाल, कटहरियाका मेयर अजय प्रकाश जैसवाल, गुजराका मेयर सन्तलाल चौधरी, परोहाका मेयर शेख वकील, राजपुरका मेयर महमद राजिक आलम, चन्द्रपुरका मेयर सञ्जय काफ्ले र गढीमाइका मेयर श्यामबाबु यादवलाई वीरदल गणका गणपति कर्णेल अधिकारीले कदरपत्र प्रदान गरी सम्मान गरेका थिए।
कर्णेल अधिकारीको सक्रियतामा रौतहटमा विभिन्न किसिमका जनमुखी रचनात्मक काम हुँदै आएको छ।
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend