काठमाडौं – नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा त्रिशूली नदीमा बेपत्ता भएका मोटरसाइकल चालकको पहिचान खुलेको छ। मोटरसाइकल सडकको छेउको डिभाइडरमा ठोक्किएर त्रिशूली नदीमा पुगेका मोटरसाइकल चालकको पर्स भीरमा फेला परेपछि प्रारम्भिक अवस्थामा उनको पहिचान खुलेको हो।
चितवन प्रहरीका अनुसार बेपत्ता चालकको पर्समा भेटिएको कागजातका अनुसार उनी भारतीय सेनामा कार्यरत ‘गोर्खा राइफल म्यान’ रहेको पुष्टि भएको छ।
उनको पर्समा फेला परेको भारतीय र कार्डअनुसार उनी लम्जुङ घर भएका २७ वर्षीय रोहित राना हुन्। शुक्रबार (आज) बिहान ११ः३० बजेतिर नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने चट्टाने भीर भन्ने स्थानबाट नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको मोटरसाइकल चालक राना सडकबाट अन्दाजी १५० मिटर तल त्रिशूली नदीमा खसेका हुन्।
राना सवार बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक भने सडकमै रहेको प्रहरीले जनाएको छ। बेपत्ता उनको खोजीकार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend