Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टीभित्र रहेको समस्या रूपान्तरण अभियानबाट हल गछौँ: नारायणकाजी श्रेष्ठ


    शुक्रबार, फाल्गुन २ २०८१
    820
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रूपान्तरण अभियानबाट हल गर्ने बताएका छन् ।

    शुक्रबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रूपान्तरण अभियानबाट हल गर्ने बताएका हुन् ।

    अहिले नै पार्टीभित्रको समस्या पूरै हल भइनसकेको भन्दै श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालेका अभियानमा ब्रेक नलाग्ने सुनाए । ‘प्रचण्ड’को नेतृत्वमा नै पार्टीलाई रूपान्तरण र पुनगर्ठन गर्न एकतावद्ध ढंगले अघि बढाउने उनको भनाइ थियो ।

    माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुर्‍याइछाड्ने श्रेष्ठले प्रण गरेका छन् ।

    उनले सरकारको गतिविधि सवैलाई जगजाहेर भएको भन्दै सरकारको टिप्पणी गरेर शब्द खेर नफाल्ने बताए । भरतपुरको विकास क्रान्तिकारी ढंगले भएको भन्दै मेयर रेनु दाहालको प्रशंसासमेत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार