Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शिक्षामन्त्री भट्टराईसँग बेलायती राजदूतको शिष्टाचार भेट


    बिहिबार, फाल्गुन १ २०८१
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् । सो अवसरमा शिक्षामन्त्री भट्टराईले हाल समकक्षताका विषयमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने, यसका लागि विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्ने बताइन्।

    मन्त्री भट्टराईले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्ने तत्परताका साथै शिष्टाचार भेटका लागि राजदूतको टोलीलाई धन्यवाद व्यक्त गरे। भेटमा राजदूत फेनले नेपालको शिक्षा क्षेत्रमा बेलायत सरकारको तर्फबाट गर्न सकिने सहयोग, बेलायतमा अध्ययन गरी नेपाल फर्किएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिनुपर्ने व्यवस्था र यसमा देखिएका जटिलताबारेमा चासो व्यक्त गरे ।

    नेपालको उत्पादनशील जनशक्तिलाई स्वदेशमा नै गुणस्तरीय शिक्षा प्रदान गरी रोजगारमूलक बनाउने, नेपालको अर्थतन्त्रमा डायस्पोरालाई जोड्ने विषयमा सहयोग गर्न सकिनेलगायतका विषयमा उनले आफ्नो विचार राखे। भेटमा ब्रिटिस काउन्सिलका कन्ट्री डाइरेक्टर रष्टम मोडीसहित अन्य कूटनैतिक व्यक्तित्वहरूको उपस्थिति थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार