Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध सुनसहित नागढुंगाबाट दुई भारतीय नागरिक पक्राउ


    बिहिबार, फाल्गुन १ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – अवैध सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् ।

    काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

    बा। प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूले अवैध रुपमा सुन कहाँबाट ल्याएको भन्नेबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार