Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • जुम्लामा लगातार दोस्रो भूकम्प


    बुधबार, माघ ३० २०८१
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – जुम्लामा बुधबार लगातार दोस्रोपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो ।

    पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो । यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्ला नै केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

    उर्थु चौतारा केन्द्रविन्दु रहेको सो भूकम्पको तीव्रता ३.८ म्याग्निच्युडको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार