काठमाडौँ – प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १७ औँ बैठकमा निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरवारमा सम्पन्न बैठकमा, निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय कार्यान्वयनलाई सहज बनाउन विदेशी विद्यार्थीको सङ्ख्या बढाउने प्रस्ताव आएको हो। आयोगको आगामी बैठकमा यसबारे थप निर्णय गरिनेछ। हाल विदेशी विद्यार्थीका लागि १० प्रतिशत सिट छुट्याइएको छ।
यसअघि माघ २५ गते बसेको आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई सरकारी तहको मासिक ४८,४३६ बराबरको निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि विदेशी विद्यार्थीको सिट वृद्धि गर्ने प्रस्ताव आएको हो।
बैठकमा स्नातकोत्तर तहमा २०९ सिट थप गर्ने निर्णय गरिएको छ। साथै, नर्सिङ शिक्षा अध्ययन तथा क्षमता विस्तारसम्बन्धी कार्यदलको प्रतिवेदन पारित गरिएको छ। शैक्षिक संस्था र कार्यक्रम गाभ्ने मापदण्डबारे समेत बैठकमा छलफल भएको छ।
प्रधानमन्त्री ओलीले निजी मेडिकल कलेजहरूसँग सहकार्य आवश्यक रहेको बताउँदै, सरकार सबै विद्यार्थीलाई निःशुल्क पढाउन नसक्ने भएकाले उठेका समस्याहरूको थप गृहकार्य गर्न निर्देशन दिएका छन्। साथै, नर्सिङ शिक्षालाई निरन्तरता दिने र नर्सहरूको सेवा-सुविधा वृद्धि गर्न ठोस प्रस्ताव ल्याउनुपर्ने धारणा राखेका छन्।
चिकित्सा शिक्षा आयोग चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुगमन, प्रवेश परीक्षा सञ्चालन, विद्यार्थी सिट निर्धारण र शिक्षण शुल्क व्यवस्थापन जस्ता कार्य गर्दै आएको छ। आयोगको आगामी बैठकमा विदेशी विद्यार्थीका लागि सिट सङ्ख्या वृद्धिको प्रस्तावमा थप निर्णय हुने अपेक्षा गरिएको छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend