Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहलस्थित सरकारी कार्यालय डुबानमा


    बुधबार, माघ ३० २०८१
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौँको बबरमहलस्थित मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा बाढी पसेर आसपासका सरकारी कार्यालय जलमग्न भएका छन् ।

    जिल्ला अदालत अगाडि रहेको मुख्य पाइप फुटेपछि वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयहरू डुबानमा परेका हुन् ।

    यो घटनाले काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिमा समस्या निम्त्याउने अनुमान गरिएको छ । अहिले नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीले डुबान प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनका लागि टोली परिचालन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार