Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामाजिक सञ्जालमा सत्य बोल्न र लेख्न कार्यकर्तालाई शंकर पोखरेलको निर्देशन


    बुधबार, माघ ३० २०८१
    735
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा तथ्य र सत्यका बोल्न र लेख्न निर्देशन दिएका छन्।असल मानिसहरू सक्रिय भए अराजकता, अशिष्टता र साइवर अपराध क्रमशः कम भएर जाने उनको बुझाइ छ।

    ‘तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु गर्नुहोस्’ उनले भनेका छन्, ‘तपाई आफै अघि सरेपछि सत्य र तथ्य बलियो हुन सुरु गर्दछ। त्यसले अरूलाई पनि अघि सर्न प्रेरित गर्दछ । असल मानिसहरू सक्रिय भए अराजकता, अशिष्टता र साइवर अपराध क्रमशः कम भएर जान्छ।’

    उनले सामाजिक सञ्जालमा असल मानिसहरू नआउँदासम्म आएका खराब मान्छेहरू देखिने टिप्पणी गरे। उनले थपेका छन्, ‘इन्टरनेट सञ्जाललाई सूचना महामार्ग मानिन्छ। सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै हो। सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ। घर भित्र बसेको मान्छे सडकमा नदेखिए जस्तै सामाजिक सञ्जालमा असल मानिसहरू नआउँदासम्म आएका खराब मान्छेहरू देखिने हो।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार