Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इलाममा मान्छे खटाएर बाबुको हत्या, छोरा-बुहारीसहित ६ जना पक्राउ


    बुधबार, माघ ३० २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • इलाम – इलाममा आफ्नै बाबुको हत्या गर्नका लागि छोरा–बुहारीले मान्छे खटाएको खुलासा भएको छ । चारजना व्यक्ति खटाएर बाबुको हत्या गरेको आरोपमा छोरा-बुहारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा सुर्योदय नगरपालिका-११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी श्रमिती २६ वर्षीया मालती तामाङ, सुर्योदय-११ कै २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, सोही ठाउँका २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई रहेका छन् । अनुसन्धानको क्रममा यो समूहले सुर्योदय-११ का ५१ वर्षीय धनराज राईको हत्या गरेको खुलेको इलामका डीएसपी मानबहादुर राईले बताए ।

    बाबुसँग विवाद भएपछि करिब ८ महिना पहिलेदेखि छोराबुहारी छुट्टै बस्दै आएका थिए । हत्याको एक साताअघि पनि अम्रिसो बेच्ने विषयमा छोराबुहारी र बाबुबीच विवाद भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । बाबुसँग विवाद भएपछि छोराबुहारी धनराजको हत्या गर्न अन्य चार जना खटाएको खुलेको डीएसपी राईले बताए । उनका अनुसार हत्यामा संलग्नहरुको खोजीका क्रममा सो कुरा खुलेको हो ।

    यही २८ माघको दिउँसो ११ बजेतिर धनराज मृत फेला परेका थिए । धनराज आफ्नै घरमा मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । धनराजको रड, फरुवा र आग्लो प्रहार गरेर हत्या भएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार