Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध छविलाल पुगे उच्च अदालत


    बुधबार, माघ ३० २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बुटवल – बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध पूर्वडीआईजी छविलाल जोशी उच्च अदालत पुगेका छन् ।

    जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो ।

    अधिवक्तासमेत रहेका जोशीका छोरा रोचक जोशीले थुनामा पठाउने सो आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेकाले उक्त आदेश बदर माग गर्दै निवेदन दर्ता गराएका हुन् । ७३ नं. निवेदनमार्फत जोशीको तर्फबाट उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दर्ता भएको हो ।

    आदेश पूर्वाग्रही रहेकाले त्यसको बदर माग गर्दै जोशीका तर्फबाट निवेदन दर्ता भएको उच्च अदालत तुलसीपुर बुटवल इजलास कार्यालयका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।

    यसअघि जोशी पोखराको सूर्य दर्शन सहकारीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख धरौटीमा रिहा भएका थिए । उनीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार