Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकाबाट २० अवैध आप्रवासी नेपाली डिपोर्ट


    बुधबार, माघ ३० २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – अमेरिकाले २० अवैध आप्रवासी नेपालीलाई देश निकाला गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अवैध रुपमा अमेरिकामा बस्दै आएका २० जनालाई नेपाल फर्काइदिएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता सिता परियारले माघ ७ गतेदेखि माघ २९ सम्म २० जना नेपालीहरु डिपोर्ट भएको जानकारी दिए । जसमा १९ जना पुरुष र १ महिला स्वदेश फिर्ता भइसकेका छन् ।

    ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसपछि अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो ।

    ट्रम्पले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएका छन् । सोही नीति अनुसार अमेरिकाले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार