Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बजारमा खाना पकाउने ग्यासको अभाव


    बुधबार, माघ ३० २०८१
    770
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ । नेपाल एलपी ग्यास उत्पादक संघले १९ बुँदे माग राखेर आन्दोलनका कार्यक्रम अगाडि बढाएपछि ग्यास अभाव देखिन थालेको हो ।

    नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बजारमा ग्यासको अभाव सुरु भएको बताएका छन् । उनले भने, ‘अहिले बजारमा खाना पकाउने एलपी ग्यास स्टकमा छैन । जति उद्योगबाट सिलिण्ड भरियो सबै बिक्री भइरहेको छ । अहिले त्यस्तो ठूलो अभाव होइन । फागुन १८ गतेबाट बजारमा ग्यास नै पाइँदैन । हामीले विभिन्न माग राखेर ग्यास आपूर्ति नै रोक्ने भनेर केही समय अघि भनिसकेका छौँ ।’

    नेपाल आयल निगमले ग्यास व्यवसायीले विभिन्न माग राखेर आन्दोलनको कार्यक्रम अगाडि सारकाले केही अभाव जस्तो देखिएको हो । उद्योगी र निगम बीच मागको विषयमा छलफल भइरहेको नेपाल आयल निगमका सूचना अधिकारी मनोजकुमार ठाकुरले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार