Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर भूकम्प


    बुधबार, माघ ३० २०८१
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि गत माघ २२ गते दैलेख जिल्लाको तोलीजैसी केन्द्रबिन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार