Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ


    बुधबार, माघ ३० २०८१
    595
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – संवैधानिक इजलासका ५२ जनाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा आज सुनुवाइ हुँदैछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ नियुक्त्विरुद्धको मुद्दा सुनुवाइका लागि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा पेसी तोकिएको हो ।

    ०७७ साल पुसमा दर्ता भएको उक्त मुद्दा एकपछि अर्को पेसी तोकिने अनि सुनुवाइ स्थगत हुँदै आएको छ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा।दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति बदरको माग गरिएको छ ।

    उक्त रिटमा यसअघि २०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो ।

    त्यसैगरी २०७९ साउन ११ गतेको पेसीमा म्याद बुझाउन नसकिएका पदाधिकारीलाई म्याद बुझाउने आदेश भएको थियो भने त्यसपछि लगातार हेर्न नभ्याउने र नमिल्ने हुँदै सर्दै आएको छ । आज पनि पेसी सूची संवैधानिक इजलासको चौथो नम्बरमा छ । सुरुका मुद्दाले धेरै समय खाए चौथो नम्बरको पालो नआउन पनि सक्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार