Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेच्ने अन्सारी पक्राउ


    बुधबार, माघ ३० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पर्सा । खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन् ।

    पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सोमबार साँझ ६ बजे अन्सारीलाई पक्राउ गरिएको हो ।

    आसमिन फ्रेस हाउस चलाइरहेका अन्सारीले खसीको भनी बाख्राको मासु बेचिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोली त्यहाँ पुगेको थियो ।

    ‘प्रहरी टोली पुग्दा अन्सारीको पसलबाट खसीको अण्डकोष टाँसिएको बाख्राको मासु १५ केसी बरामद भएको छ,’ लम्सालले भने ।

    अन्सारीलाई कालोबजार ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट मंगलबार पाँच दिन थुनामा राख्न अनुमति लिइएको लम्सालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार