Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभाको बैठक एक घण्टा २५ मिनेटपछि पुनः सुरु


    मंगलबार, माघ २९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – विपक्षीहरूको लगातारको अवरोधपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक एक घण्टा २५ मिनेटपछि पुनः सुरु भएको छ । विवाद छानबिन गरेर समाधान गर्ने भन्दै स्थगित गरेको बैठक सुरु भएको हो ।

    १५ मिनेटका लागि स्थगित संसद् बैठक अझै सुरु भएन

    बैठकको प्रारम्भ गर्दै सभामुख घिमिरले भने, ‘आजै १५ मिनेटका लागि स्थगित भएको बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउँदछु । आजैको बैठकमा यसअघि सभाबाट भएको निर्देश बमोजिम छानबिन गरी निष्कर्षमा पुग्ने जानकारी गराउँदछु ।’

    आकस्मिक र शून्य समय सकिएपछि सभामुखले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएपछि विपक्षी दलका सांसदले उनले बोलेका कुरा संसद्को रेकर्डबाट मेट्न माग गर्दै बैठकमा अवरोध गरेका थिए ।

    सभामुखले आकस्मिक समयमा बोल्न नाम टिपाएको र झुक्किएर छुटेको जवाफ दिए पनि विपक्षी दलका सांसद आआफ्नो स्थानबाट उभिएर बैठकमा अवरोध गरेका थिए ।

    प्रतिपक्षी दलको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार