काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरोध गरेको छ । नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी नेकपा एमालेकी सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ र उच्च सरकारी वकिलको कार्यालय पाटनले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । यो विषयमा रास्वपाका सांसद अशोक चौधरीले मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विरोध गरे । ‘यो सरकार न्यायको होइन, अन्यायको संरक्षक बन्दै गएको छ । चोरलाई चौतारो र निर्दोषलाई शूली चढाउने शासकको रूपमा इतिहासमा दर्ज हुँदैछ,’ चौधरीले भने ।
उनले बालिकाको उद्धार गरे पनि दोषीलाई कारबाही किन नगरेको भन्ने प्रश्न गरे । ‘कमलरी मुक्तिको घोषणा गरेर सरकारले थारु चेलीहरूलाई आशा दिलाएको थियो । तर, विडम्बना । आज यही सरकारको छत्रछायाँमा एक सांसदले दाङकी थारु नाबालिकालाई बन्धक बनाएर दासीसरह शोषण गरिन् । काठमाडौँ महानगरपालिकाले उद्धार गर्यो, तर कारबाही रु शून्य १,’ चौधरीले भने ।
दोषीलाई कारबाही नगर्ने हो भने कमलरी प्रथा पुनः स्थापित भएको घोषणा गरिदिन माग गरे । ‘यदि आठ–आठ वर्षसम्म एउटी नाबालिकालाई एउटा सांसदले बन्धक बनाएर राख्ने, राजनीतिक आडमा अपराधीलाई उन्मुक्ति दिने र सरकार मूकदर्शक बनी बस्छ भने नेपाल सरकारले खुलेरै घोषणा गरिदियोस्, कमलरी प्रथा पुनः स्थापित भइसकेको छ भनेर,’ उनले भने ।
उनले वर्तमान सरकार आफ्ना नेता कार्यकतालाई बचाउनलाई, भ्रष्ट्राचारीलाई जोगाउनलाई,दलाल ठग बिचौलियालाई उन्मुक्ति दिनलाई बनेको बताएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend