वासिंगटन डिसी – संयुक्त राज्य अमेरिकाको एरिजोनाको स्कट्सडेल विमानस्थलमा सोमबार निजी जेट विमानहरू ठोक्किँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् ।
संघीय उड्डयन प्रशासनले एक निजी जेट रनवेबाट बाहिर निस्केको र अर्को जेटसँग ठोक्किएको बताएको छ। अहिले अमेरिकी प्रशासनले यस विषयमा अनुसन्धान सुरु गरेको छ । अमेरिकामा पछिल्लो १० दिनमा भएको यो चौथो विमान दुर्घटना हो ।
जानकारी अनुसार यो घटना सोमबार दिउँसो २ बजेर ४५ मिनेटमा भएको हो । लियरजेट ३५ ए विमान अवतरणपछि धावनमार्गबाट बाहिरिएको थियो । यस पछि एउटा गल्फस्ट्रिम २०० र्याम्पमा रहेको बिजनेस जेटसँग ठोक्कियो । विमानस्थलमा उडानहरू अस्थायी रूपमा रोकि राखिएको अवस्था थियो । विमानमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन् ।
यसअघि अमेरिकाको अलास्काबाट नोम सहर जाँदै गरेको विमान अचानक बेपत्ता भएको थियो, त्यसपछि खोजी सुरु गरिएको थियो र अहिले उक्त विमानको भग्नावशेष समुन्द्रको हिउँमा फेला परेको छ । विमान समुद्री बरफमा दुर्घटनाग्रस्त भयो र जहाजमा सवार सबै १० जनाको मृत्यु भएको थियो ।
घटनाको जानकारी दिँदै अमेरिकी तटरक्षक गार्डका प्रवक्ता माइक सालेर्नोले उद्धार टोलीले हेलिकप्टरमार्फत हराइरहेको विमानको निरन्तर खोजी गरिरहेको जानकारी दिँदै खोज टोलीले विमानको भग्नावशेष समुद्री बरफमा फेला पारेको बताए । दुई पौडीवाजलाई तल झरेर अनुसन्धान गर्दा विमानमा सवार ९ जना यात्रुसहित पाइलटको मृत्यु भएको पाइएको थियो ।
यसअघि पनि अमेरिकामा दुइ बिमान आकासमा ठोक्किएको थियो ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend