रौतहट – पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित आज बिहान स्कार्पियो र मालवाहक ट्रक आमुने सामुने ठोकिँदा स्कार्पियोको अवस्था क्षतबिक्षत बनेको छ।
स्कार्पियोका चालक सहित सवार ५ जना गम्भीर घाइते भएका छन्। मंगलवार बिहान ८:२० बजे चन्द्रपुर ५ चाँदी पुल स्थित चपुरबाट सर्लाही तर्फ जादै गरेको ना.४ च. ३६९४ न.को स्कारपिओ र बिपरित दिसाबाट आउदै गरेको बा.प्र.०१-००६ ख।५७ २९ न.को ट्रक एक आपसमा ठक्कर लागेको थियो।
ठक्करबाट स्कार्पियोमा सवार स्थानिय मौलापुर नगरपालिका ३ का बर्ष २० को सुदिप कुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ। दुर्गा भगवती गाउँपालिका ५ का बर्ष १८ को प्रसान्त ठाकुरको बाँया हात,दाहिने आँखी, भौं मा चोट लागेको छ।
चालक बौधीमाई नगरपालिका ३ मटिअर्वाका बर्ष २१ को रामविनय महतोको दाहिने हात र निधारमा चोट लागेको र अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर विशाल तामाङले न्युज कारखाना लाई बताएका छन्। त्यसैगरी बौधिमाई २ का बर्ष १८ को प्रदिप कुश्वाहा निधार टाउको,कानमा चोट अवस्था मध्यम रहेको छ।
बारा सिम्रौणगढ नगरपालिका ७ का बर्ष २८ को संतोष कुश्वाहाको टाउको,चिउडोमा चोट अवस्था सिरियस रहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन्। घाइतेहरुलाई उपचारको लागी चन्द्रपुर अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ। घाइते मध्ये कुशवाहाको अवस्था गम्भीर रहेको तथा अन्यको सामान्य अवस्थामा उपचार भईरहेको अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीले बताएका छन्।
दुर्घटनामा परेको ट्रक र चालक दोलखा जिरि नगरपालिका ४ बस्ने फुरी तामाङ र स्कार्पियो ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको तथा अनुसन्धान भईरहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend