Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ आजपनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, माघ २९ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा सुनको भाउ आजपनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुन तोलामा एक हजार ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी ३० रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार