काठमाडौँ – नेकपा माओवादी केन्द्रले आफूले जितेका स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आह्वान गरेको छ ।
माओवादी केन्द्रले १० फागुनमा काठमाडौँमा अभिमुखी कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरेको हो । भेलामा प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र अध्यक्षहरू सहभागी हुने माओवादीले जनाएको छ ।
गत २१ देखि २३ पुसमा काठमाडौँमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको विस्तारित बैठकले देशभर आफूले जितेका पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय समितिले आफ्नो पार्टीले जितेका पालिकाबाट समाजवादको अभ्यास थाल्ने भन्दै जनप्रतिनिधिलाई त्यसअनुसार प्रशिक्षित गर्ने निर्णय लिएको थियो । पार्टी महासचिव देव गुरुङले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको जानकारी दिए ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend