काठमाडौँ – अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा २३ जना पक्राउ परेका छन्। भारत बिहार राज्य बाका घर भई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत २३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
घरमा अनलाइन जुवा खेलाई रहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बूढा नीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई ८१ हजार रुपैयाँ, विभिन्न कम्पनीका ८८ थान मोबाइल र १० थान ल्यापटपसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
यसअघि पनि ललितपुरको सानेपामा रहेको दुईवटा घर भाडामा लिएर ठगी गर्ने २४ जना पक्राउ परेका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न आठवटा बेटिङ एप्समार्फत अनलाइन जुवा खेलाएर आर्थिक कारोबार गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली नागरिक थिए।
उक्त समूहले ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेका हुन्। प्रहरीका अनुसार भारतमा बस्दै आएका एक व्यक्तिले ६ महिनाअघि उक्त दुईवटा घर भाडामा लिएका थिए।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend