Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?


    सोमबार, माघ २८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज(सोमबार) सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ४ सय रुपैयाँले बढेको हो ।

    सोमबार छापवाल सुन प्रतिोला एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार ९७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार