Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भ्रष्टाचारमुक्त समाज निर्माण गर्न राष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण


    सोमबार, माघ २८ २०८१
    915
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दाहरु लामो समयदेखि किनारा नलागेकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दा लामो समयदेखि किनारा नलागेको गुनासो आइरहेको भन्दै त्यसलाई छिटो टुंगोमा पु¥याउनुपर्ने बताएका हुन् ।

    ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै उनले भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति पौडेलले आगामी दिनमा आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा राष्ट्रपति पौडेलले उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा उपसचिव विष्णुराज बेल्बासे र प्रहरी नायब उपरीक्षक कमल कुमार खड्का सम्मानित गरे । यस्तै, नापी अधिकृत रुबिना शाही उत्कृष्ट अख्तियार सेवा पुरस्कारबाट सम्मानित भइन् । कार्यक्रममा राष्ट्रपति पौडेलले विभिन्न पत्रकार एवं लेखकहरुलाई पनि कदरपत्रसहित सम्मान गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार