Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेसपा (नयाँ शक्ति)को महाधिवेशन आजबाट, नयाँ र वैकल्पिक पार्टीलाई मात्रै निम्तो


    आइतबार, माघ २७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजबाट सुरु भएको छ । काठमाडौंस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको महाधिवेशन माघ आगामी २९ गतेसम्म चल्ने बताइएको छ ।

    महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन नयाँ र वैकल्पिक पार्टीहरूलाई मात्रै निम्तो दिइएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोल प्रसाद अर्याल, विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटा लगायत पुगेका छन् ।

    अन्य ठूला राजनीतिक दलका नेतृत्वलाई भने अधिवेशनमा निम्तो दिइएको छैन । महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार