Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाथीभरा ‘नो केबलकार समूह’ र सरकारबीच आज निर्णायक वार्ता हुँदै


    आइतबार, माघ २७ २०८१
    950
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकारको विरोधमा आन्दोलनरत ‘नो केबलकार समूह’ र नेपाल सरकारबीच आज पनि वार्ता हुने भएको छ । आज बिहान ११ बजे आन्दोलनरत पक्ष र सरकारबीच वार्ता हुनेछ ।

    आन्दोलनरत पक्ष र सरकारबीच माघ २२ गते पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे सहमति जुटेको थियो । सहमति जुटेसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो ।

    उक्त ६ बुँदे सहमतिमा माघ २७ गते (आज) पुनस् विस्तृत छलफल गर्ने गरी सहमति जुटेको थियो । त्यसक्रमा दुवै पक्षबीच आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क तथा प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्ने, माघ १२ गतेको घटनामा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्ने प्रक्रिया अघि बढाउने, मुक्कुमलुङ संरक्षक पक्षले घोषणा गरेको यातायात बन्द फिर्ता लिने सहमति भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार