Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाल यौन दुर्व्यवहारको आरोपमा मदन राई दोषी ठहर


    शुक्रबार, माघ २५ २०८१
    895
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – कृषि विज्ञका रूपमा परिचित मदन राईलाई बाल  यौन दुर्यवहार आरोपमा  दोषी ठहर गरेको छ ।

    आफैले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका राईलाई जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार मदन राईलाई दोषी ठहर गर्दै साढे दुई वर्षको कैद सजाय तोकेको हो ।

    उक्त कसुरमा एक लाख रुपैयाँ जरिवाना र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन पनि आदेश भएको तहशिलदार सुदिपकुमार भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार इजलासले राईलाई नैतिक पतन देखिने फौजदारी कसुर गरेको पनि ठहर गरेको छ।

    यस कसूरमा माघ १० गते न्यायाधीश दाहालको इजलासले दोषी ठहर गरेको थियो। मदन राईले आफ्नो फाउन्डेसनमा लामो समयसम्म बालबालिकामाथि यौन दुर्व्यवहार गरेको सेतोपाटीले पहिलो पटक वैशाख २८ गते स्टोरी प्रकाशन गरेको थियो।

    फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।

    २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार