काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा। स्वर्णिम वाग्लेले नेपालमै भविश्य खोज्न बाहिरबाट फर्किने जमात ठूलै रहेको बताएका छन्। शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन्।
‘बाहिर गएर भविश्य खोज्ने जमात ठूलै छ। यहीबीच नेपाल फर्किनुपर्ने फर्किहरू पनि थुप्रै छन्। यसलाई सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने। जनतामा विकासको ठूलो अभिष्ट रहेकाले विकासलाई रफ्तारमा अगाडि बढाउनुपर्ने उनले बताएका छन्। विश्वव्यापी परिवर्तनलाई नेपालले पनि आत्मसाथ गर्नुपर्ने उनले बताए। त्यस्तो हुन नसक्दा नेपालबाट ठूलो संख्यामा युवा जनशक्ति पलाएन भइरहेको तर्फ वाग्लेले चिन्ता व्यक्त गरेका छन्।
उनले नेपालमा कर तिर्ने युवा विदेसिने क्रम नरोकिनु सोचनीय विषय भएको बताए। ‘नेपालमा जनसंख्या घट्यो भन्ने चिन्ता होइन, कर तिर्ने युवा विदेसिएको चिन्ता हो। पाँचरदश वर्षमा यो अवस्था कस्तो होलारु सोचनीय छ,’ उनले भने। नेपालमा उद्योगको कारण बढ्न नसक्दा रोजगारका लागि जनशक्ति बाहिर पलाएन हुने क्रम बढेको वाग्लेले बताए। उनले क्लाइमेट चेन्ज भइरहेकोप्रति पनि चिन्ता व्यक्त गरेका छन्। यो विश्वव्यापी चुनौतिको विषय भएकाले सबैले एक साथ समस्या समाधानमा जुट्नुपर्ने बताए।
उनले युवाहरूलाई नेपालमा केमा लगानी गर्दा सफलता हासिल गर्न सकिन्छ भन्नेमा चिन्तनशील हुन आग्रह गरेका छन्। पानी जहाज, कृषि, पर्यटन, विद्युत्लगायत क्षेत्र लागनीका लागि उपयुक्त क्षेत्र हुन सक्ने वाग्लेले सुझाएका छन । डिजिलाइजेशनमा पनि नेपालले ध्यान दिनुपर्ने उनको भनाइ छ। यस्तो गर्न सकेमा नेपालले समृद्धि हासिल गर्नसक्ने वाग्लेले बताए।
उनले नेपालले क्लाइमेन्ट चेन्ज, युवा पलायनलगायतमा विशेष ध्यान दिनुपर्ने बताए। बाहिर गएका क्षमतावान् मानिसलाई कसरी स्वदेशमा फिर्ता बोलाउने भन्नेमा ध्यान दिन सके समृद्धिमा टेवा पुग्ने वाग्लेले बताए। यसका साथै भारत र चनसँगको सम्बन्धमा पनि नेपालले समानजस्यता कामय गर्न सक्नुपर्ने बताए।
नेपालमा राजनीतिलाई सङ्ल्याउन आवश्यक रहेको समेत औंल्याका छन्। सङ्लो राजनीतिले मात्र समृद्धि हासिल गर्न सकने उनको भनाइ छ। यी सबै कुराको व्यवस्थापनले मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने वाग्लेले बताए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend