Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महिला टी- २० आई शृंखलाको उपाधि थाइल्याण्डलाई


    शुक्रबार, माघ २५ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी- २०आई शृंखलामा नेपाल जितविहीन बनेको छ । आज शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भएसँगै नेपाल जित विहिन भएको हो ।

    नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन् । त्यस्तै नानपत कोन्चारोन्काइले २३ रन बनाइन् ।

    नेपालका लागि कप्तान इन्दु बर्माले ४ ओभरमा १६ रन दिएर २ विकेट लिइन् । त्यस्तै पुजा महतोले १ विकेट लिइन् । यस जितसँगै थाइल्याण्डले यस शृंखलाको उपाधि जितेको छ । थाइल्याण्डले ६ मध्ये ५ खेलमा जित निकालेको थियो । एक खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार