Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीद्वारा चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक आह्वान


    शुक्रबार, माघ २५ २०८१
    955
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले आयोगको १६औं बैठक आकस्मिकरुपमा डाकेका हुन् ।

    आन्दोलनरत आवासीय चिकित्सकको माग समाधान गर्ने बारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । चिकित्सा शिक्षा आयोगको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अहिले केहीबेरपछि बालुवाटारमा आकस्मिक बैठक बोलाएका हुन् । उक्त बैठकमा आवासीय चिकित्सकको उठाएका माग र पिजी सिटको बारेमा छलफल हुने बताइएको छ ।

    छलफलका लागि आयोगको १६औं बैठकको डाकिएको आयोगका एक सदस्यले बताए । उनका अनुसार आजको बैठकमा आवासीय चिकित्सकको मागको विषयमा छलफल हुनेछ ।

    बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, वरिष्ठ चिकित्सक र आवासीय चिकित्सकका प्रतिनिधिहरुसहित छलफल भएको थियो । उक्त छलफलमा आवासीय चिकित्सकको पारिश्रमिक आठौं तहका सरकारी कर्मचारी सरह ४८ हजार ७ सय रुपैयाँ दिन सरकार सकारात्मक भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार