झापा । ज्येष्ठ नागरिकहरू आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न नसकिरहेका तथ्य बाहिरिएको छ।
झापाको शिवशताक्षी नगरपालिकाका सबै वडामा यस्तो समस्या रहेको ज्येष्ठ नागरिक स्वयंले बताए। उनीहरूले भने, ‘सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता लगायतका विविध कार्यक्रमहरू दिएर खुसी दिएको छ। तर, घरमा आफ्नै नातिनातिनाका कारणले जीवनको उत्तरार्द्धमा बेखुसी अर्थात् त्रासपूर्ण जीवन बिताउनु परेको छ।’
शिवसताक्षी नगरपालिकामा सञ्चालित ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रममा बिहीबार एक जना ज्येष्ठ नागरिकले यो समस्या नगरप्रमुख मेगाहाङ थोप्रालाई सुनाउँदा कार्यक्रममा सहभागी कम्तीमा १५० जेष्ठ नागरिकले ताली बजाएर उनको कुरालाई समर्थन गरे।
घरका नातिनातिनामा लागुऔषधको बिकराल समस्या रहेको ज्येष्ठ नागरिकले बताए। ‘लागुऔषधको सेवनले नातिनातिनामा आर्थिक, मानसिक र शारीरिक समस्या छ,’ एक ज्येष्ठ नागरिकले भने।
सरकारले आफूलाई दिने सामाजिक सुरक्षा भत्तासम्म माग गर्ने, नदिए अस्वाभाविक रिसाएर हिंसात्मक व्यवहार गर्ने गरेको उनले बताए। नाम उल्लेख गर्न नचाहने एक ज्येष्ठ नागरिकले भने, ‘मलुकका कतिपय स्थानमा यस्ता घटनाले ज्यानको जोखिम पनि उत्पन्न भएको छ।’
समस्याको उजागर गर्दै ज्येष्ठ नागरिकहरूले भनेका छन्, ‘हाम्रो जीवन यति कठिन भइसकेको छ। हामी घरमै सुरक्षित छैनौं।’
शारीरिक, मानसिक, आर्थिक, सामाजिक पीडासम्म बोकेका ज्येष्ठ नागरिकको यो पीडा बिकराल हुँदै गएको उनीहरूले बताए।
‘समाजमा बृद्धबृद्धाका लागि पर्याप्त सुरक्षा र सम्मानको आवश्यकता छ। जेष्ठ नागरिकलाई यो समस्याबाट उन्मुक्ति दिलाउनका लागि सरकारले मात्र होइन, समाजका हरेक सदस्यले एकजुट भएर काम गर्न आवश्यक छ,’ नगर प्रमुख मेगाहाङ थोप्राले बताए। बृद्धजनको जीवनमा शान्ति र सम्मान पुर्याउन मात्र तिनीहरूको समस्याहरूको समाधान गर्न सकिने उनले बताए।
ज्येष्ठ नागरिकको समस्या, गुनासा, सल्लाह र सुझाव संकलन गर्ने उद्देश्यले शिवसताक्षी नगरमा ‘ज्येष्ठ नागरिकसँग मेयर’ कार्यक्रम सञ्चालित छ। यो पटकको कार्यक्रममा साबिकका धरमपुरका लागि मंगलबार, शिवगञ्ज र पाँचगाछीका लागि शिवगञ्ज र सतासीधामका लागि दुधेमा कार्यक्रम सञ्चालन गरिएको थियो।
नगर प्रमुख थोप्राका अनुसार नगरका कम्तीमा ६ सय ज्येष्ठ नागरिकसँग दोहोरो छलफल भयो। थोप्राले भने, ‘ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम प्रभावकारी भयो। पछिल्ला दिनमा यो कार्यक्रमलाई निरन्तरता दिइने छ।’
नगर प्रमुख थोप्रासँग ज्येष्ठ नागरिकले स्वास्थ्य बिमा, सार्वजनिक यातायातका साधनमा नदिएको छुट, प्राथमिकता लगायतका विषयमा गुनासा सुनाएका थिए।
सो कार्यक्रममा वडा नम्बर ८ का सागर चापागाईँ, लक्ष्मी अधिकारी, वडा नम्बर ९ का मनमाया जवेगु, सत्य नारायण चौधरी, वडा नम्बर १० का कृष्ण ध्वज लिङ्गदेन, चन्द्रकला भट्टराई र वडा नम्बर ११ का कौशिला खनाल र पदम प्रसाद जवेगुलाई नगर प्रमुख थोप्राले सम्मान गरेका थिए।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend