Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा रविको थुनछेक बहस सकियो, आजै आदेश आउने


    बिहिबार, माघ २४ २०८१
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेको थुनछेक बहस सकिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबारदेखि सुरु भएको थुनछेक बहस सकिएको हो ।

    थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै यस मुद्दामा आदेश जारी हुनेछ । साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने हिजो (बुधबार) अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि प्रहरीको जिम्मा लगाइएको थियो ।

    प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा, अधिवक्ताहरू रामाचन्द्र देवकोटा र डा. नारायणदत्त कंडेलले बहस गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार