Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँग्रेस सांसदहरुले मागे सर्लाही घटनाबारे गृहमन्त्रीसँग जवाफ


    बिहिबार, माघ २४ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली काँग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडीमाथि भएको भनिएको बर्बरताबारे गृहमन्त्री रमेश लेखकले सत्य तथ्य जानकारी दिन माग गरेकी छन् ।

    बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद विकले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहार सत्य हो भने ६० लाख दलित समुदायको अपमान भएको बताइन् । उनले गृहमन्त्री रमेश लेखको निर्देशनमा उनीहरूमाथि अपमानजनक व्यवहार भएको भनेर समाचारहरू आए पनि ती सबै सत्य हुन नसक्ने बताइन् ।

    यस्तै, अर्का सांसद हर्कमाया विकले पनि उक्त घटनाले जातीय विभेदलाई सरकारले संरक्षण गरेको भन्दै दलितहरूको अपमान गरिएको बताइन् । उनले नव विवाहित जोडी माथिको व्यवहार प्रहरी र अदालतको समेत कमजोरी देखिएको बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार