रौतहट – न्याय दिन नसकेको भन्दै जिल्ला अदालत रौतहटका एक जना न्यायाधीशविरूद्ध एक परिवार धर्नामा बसेका छन्। कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई विभिन्न प्रभावमा परी सफाइ दिएको भन्दै जिल्ला न्यायाधीश मनोज केसीविरूद्ध कारबाही र न्यायको मागसहित सिंगै परिवार बुधबारदेखि धर्नामा बसेका हुन्।
बुधबार राति ९ बजे जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले बलपूर्वक धर्नास्थलबाट आफूहरूलाई उठाएको कारण आज बिहान १० बजेदेखि सपरिवार धर्नामा बसेको पीडित राजन गुप्ताले बताए। न्यायको माग गर्दै बुधबार दिउँसोदेखि धर्ना सुरू गर्दाको समयदेखि नै केही प्रहरीले विभिन्न बहानामा अनावश्यक दुःख दिइरहेको गुप्ताले गुनासो गरे।
घटनामा मृत्यु भएका यमुनामाई गाउँपालिका-४ सरुअठा गाउँका स्व. राम विनोद गुप्ताकी आमा, बुवा, श्रीमती, भाइ-बहिनीहरू, भिनाजु, सम्धीसहित १८ जना अदालतको मुलगेटको छेउमा ब्यानर झुण्ड्याएर धर्नामा बसेका छन्।
पसलमा उधारो सामान नदिएको रिसइबीको कारण २०७६ असार ४ गते राति १० बजे विनोद गुप्तालाई गाउँकै एक समूहले कुटपिट गरेको थियो। टाउकोमा गम्भीर चोट लागेका विनोदको उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा ६ दिनपछि असार १० गते मृत्यु भएको थियो।
मृत्युलगत्तै उनका भाइ राजन गुप्ता र श्रीमती अनिता देवीले दिएको जाहेरीको आधारमा १३ वर्षीय नाबालकसहित विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहितकुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंहमाथि तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटले कर्तव्य ज्यान अगाडि बढाएको थियो।
रामकिशोर सिंह र रामविनोद सिंह, निखिल कुमार सिंहलाई एक वर्षअघि प्रहरीले पक्राउ गरी कारबाहीको लागि जिल्ला अदालत रौतहटमा मुद्दा पेस गरेको थियो। अदालतले नाबालक १३ वर्षीयलाई तत्काल सुधारगृह वीरगन्ज र पछि अभिभावकको जिम्मा लगाएको थियो।
अन्य, दुवैजना रामकिशोर सिंह र रामविनोद सिंहलाई तत्काल जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको थियो। धरौटीमा छुटेर तारेखमा रहेका अभियुक्त दुवै जना रामकिशोर सिंह र रामाबिनोद सिंहलाई गत २० गते आइतबार जिल्ला अदालतमा रौतहटमा पेस गर्दा न्यायाधीश केसीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइको फैसला सुनाएको थियो।
फैसलाको भोलिपल्ट गत २१ गते सोमबारदेखि जाहेरवाला राजन गुप्ता र मृतककी श्रीमती अनिता देवी सपरिवार आन्दोलित भएका छन्। हत्यामा संलग्न व्यक्तिलाई सफाइ दिएकोमा आफू मर्माहित भएको भन्दै न्याय नपाएसम्म आन्दोलन जारी रहने गुप्ता परिवारले अडान लिएका छन्। न्यायको लागि आफूहरू आन्दोलित हुँदा सरुअठा गाउँका सिंह थरका केही व्यक्ति आएर पटक(पटक धम्की दिइरहेको मृतकका भाइ राजन गुप्ताले बताए।
‘न्यायको लागि सपरिवार धर्नामा बसिरहँदा पटक-पटक धम्की आउँदा आफूहरू असुरक्षित महसुस गरिरहेका छौं, आवश्यक सुरक्षा प्रहरीले दियोस्,’ उनले भने। उक्त घटनाका अन्य चार जना आरोपी भन्ने हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend